६ कार्तिक २०८३, शुक्रबार

नेपाली समाजमा प्रेमीसँग मिलेर पति मार्नेहरू

24.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली समाजमा देखिन थालेको नयाँ चित्र हो– पतिको हत्या ! मुलुकका विभिन्न ठाउँमा यस्ता घटना टन्नै छन् । न्युनिकरण हुन नसकेको प्रहरीका विभिन्न रिपोर्टहरूमा भेटिन्छ ।

फाइल तस्बिर

छानबिनका क्रममा आएका तथ्यहरूको निक्र्यौलचाहिँ ‘प्रेमी अथवा पर पुरुषसँगको यौन आशक्ति’ ज्यादा हुने गरेको निस्किएका छन् । कतिपयले भने प्रेमसँगै सम्पत्ति हडप्नका लागि पनि यस्ता घटना घटाएको निष्कर्शमा प्रहरी पुगेका उदाहरण पनि छन् ।

जस्तो, केही बर्ष अघि कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानमा खुल्यो ।

मृतक राजी गायब भएका थिए । शव घर नजिकैको जंगलमा खाल्डो भित्र फेला परेको थियो । शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको थियो । मृतकका आफन्तले निर्मला र दिलिपबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताएपछि सोही कसीमा राखेर अनुसन्धान भयो ।

अर्कोचाहिँ सोही जिल्लाको गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षिया लक्ष्मी बडैलाले फिल्मी शैलीमा प्रेमी दीपक खत्रीद्वारा आफ्ना पति तेजबहादुर बिष्टको हत्या गराएकी थिइन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ का २४ वर्षिय तेज बहादुर बिष्टसँग मागी बिहे गरेकी लक्ष्मीको पहिलेदेखि नै गोदावरी नगरपालिका वडा नम्बर १२ खमौराका २४ वर्षिय दीपक खत्रीसँग प्रेम सम्बन्ध रहेकोमा लक्ष्मीले आफ्नै प्रेमीसँग भासुको भीरवाट खसाएर हत्या गरेको खुलेको थियो ।

‘कतिपय अनुसन्धानले अनिच्छा भएकासँग बिहे गरेको, पतिले यातना दिएपछि प्रेमीसँग साहरा लिनु परेको देखाउँछ । सो क्रममा हत्यासम्म हुने गरेका छन्’, अधिकारीहरू भन्छन्,‘यस्ता घटनामा बिहेपछि पनि प्रेमीसँग यौन आशक्तिदेखि सम्बन्ध स्थापित भएका बयानहरूले पनि देखाएकै छन् ।’

नेपाली समाजको कुनै एक भागमा मात्र होइन, अनेक क्षेत्रमा यस्ता घटना घटेका छन् ।

सप्तरी प्रहरीले सुनसरी हरिपुर– ८ का ४० वर्षीय मो. मस्तकिम मियाँको हत्याको आरोपमा पत्नी ३२ वर्षीया सबरु न खातुनलाई पक्राउ गरेको थियो । अनुसन्धानले प्रेमीसँग मिलेर खातुनले हत्या गराएको निष्कर्श निस्कियो ।

उनी र उनका प्रेमी मिलेर मियाँलाई सप्तरीको भारदह–१ मा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो । भैंसी किन्न सप्तरीको बमनगामा कट्टीस्थित तोपा हटिया आएका मियाँलाई पत्नीकै योजनामा प्रेमीले हत्या गरेको बुझिएपछि पक्राउ गरिएको थियो ।

पत्नी र प्रेमीकै योजनामा हत्या गरी भैंसी किन्न लगेको सात लाख रुपैयाँ रकम लुटेर प्रेमी भने फरार थिए । भारदह १ स्थित पश्चिमी कोसी नहरदेखि दक्षिणमा रहेको पानीको दहको काँसघारीमा कर्तव्य गरी हत्या गरेको अवस्थामा मियाँको शव गत साउन २४ गते बिहान ११ बजे फेलापरेको थियो ।

पतिसँगको सम्बन्धमा गहिरो विश्वास नहुने, कतिपय वैदेशिक रोजगारमा गएका कारण यता अर्कैसँग सम्बन्ध स्थापित भएका कारण निरन्तरता दिन पनि यस्ता हत्या हुने गरेका अध्ययनहरूले पनि देखाएका छन् ।

यस्तै, घटना थियो, पर्सा जिल्लामा । अमरदेवपट्टी–६ का नवल सहनीको हत्या उनकै पत्नीले गराइन् । दिपा सहनी नामका प्रेमीको सहयोगमा प्रमिला देवीले उक्त हत्या गरेको खुलेको थियो ।

बिवाहेत्तरको सम्बन्धलाई स्थापित बनाउनका लागि अन्तिम विन्दु हत्यासम्म पुग्ने गरेको बताइन्छ । हालै मात्र भक्तपुरमा प्रेमीसँगको सम्बन्ध लुकाउनका लागि आमाकै हत्या गरेकी थिइन् ।