६ कार्तिक २०८३, शुक्रबार

करोडौँ लगानी, तर पनि तिर्खा मेट्न सकस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाेत्तरी, २१ असार । महोत्तरीको किसाननगर, पशुपतिनगर, भव्सी र हात्तीलेटलगायतका स्थानमा खानेपानीको चरम अभाव छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

इन्द्रकुमार महतो राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लाका राहत शिक्षक हुन् । बिहानै उठ्नेबित्तिकै उनको पहिलो काम घरमा पानीको जोहो गर्नु हो । घरका सबै सदस्यले पानीको जोहो गर्न उनलाई सघाउने गर्छन् ।

खानेपानीको जोहो भएपछि मात्रै उनी विद्यालय जान्छन् । उनीजस्तै इनार सुकिसकेका प्रायः सबै परिवारको यस्तै बिजोग छ । कोही कोही टायरगाडामै पानीको ड्रमहरू बोकेर पानी आउने ठाउँमा पुग्ने गरेका छन् ।

पशुपतिनगरमा गत वर्ष नै खानेपानीको एउटा ओभरहेड ट्यांकी निर्माण भएको थियो । तर अझै सञ्चालनमा आउन सकेको छैन ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नम्बर २ जलेश्वरका इन्जिनियर सुरेन्द्रप्रसाद शर्मा उपभोक्ता समितिकै कारण ओभरहेड पानी ट्यांकी सञ्चालनमा नआएको बताउँछन् ।

‘हामीले सञ्चालनमा लाग्ने सबै सामग्री उपलब्ध गराएका छौँ, तर त्यहाँको समितिले नै सञ्चालन गर्न ढिलाइ गरेको छ,’ उनले भने ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्वाचन क्षेत्रसमेत रहेको उत्तरी भेगस्थित क्षेत्र नम्बर १ का जनताको तिर्खा मेट्न आफ्नो संसदिय बजेटमध्ये एक करोड ४८ लाख पानीमै लगानी गरेका छन् ।

खानेपानीका लागि जनताले सास्ती खेप्नु नपरोस् भन्दै ठूलो लगानी गरेका हु्न् । तर, विगतमा उनकै पहलमा ल्याइएका खानेपानी योजनामध्ये केही हाल मर्मत सम्भार नभएर बन्द भइसकेको पशुपतिनगरका स्थानीयको गुनासो छ  ।