१८ कार्तिक २०८३, बुधबार

हिसिला यमीद्वारा मनु हुमागाइँलाई अनुशासनको कारबाही

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाइँलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको छ ।

फेसबुक पेजमार्फत शुक्रबार जारी सूचनाअनुसार हुमागाइँलाई साधारण सदस्यता समेत नरहने गरेर कारबाही गरिएको जनाइएको छ ।

महिला नेतृ हुमागाइँले संगठनलाई नोक्सान पु¥याउने गतिविधि गरेकोले शुक्रबार बसेको महिला शक्ति महासंघको सचिवालय बैठकले कारबाही गरेर निस्काशान निर्णय गरेको जनाइएको छ ।

बैठकले महिला शक्ति महासंघको संयोजकमा सर्वसम्मत रुपमा भगवती सुवेदीलाई चयन गरेको छ ।

बैठक महिला शक्ति महासंघकी इञ्चार्ज हिसिला यमीको उपस्थितिमा शुक्रबार बिहान काठमाडौंमा बैठक बसेको थियो । सोही बैठकले हुमागाइँलाई कारबाही गरेर भगवतीलाई संयोजक चयन गरेको छ ।