
काठमाडाैँ, १९ असार । प्रहरीले संखुवासभामा अत्याधुनिक हतियार र ठूलाे मात्रामा गोलीसहित विप्लव समूहका कार्यकर्ता पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लास्तरीय कार्यकर्ता निम दोर्जे तामाङ छन् । उनको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद गरिएको प्रहरी उच्च स्राेतले जनाएको छ ।
पक्राउ परेका तामाङबाट पार्टीका दस्तावेजलगायत अन्य सामग्रीसमेत बरामद गरिएको छ ।
केहीदिन अघि मात्र संखुवासभाको सिलिचोङ-१को होइङगला भन्ने स्थानमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ भएको थियो । त्यसपछि काठमाडाैँ र विराटनगरबाट थप सुरक्षाकर्मी पठाइएको थियो ।
प्रहरीले अहिले संखुवासभा, भाेजपुर, सोलुखुम्बु लगायतका जिल्लामा विप्लव समूहका कार्यकर्ताको खाेजी तीब्र पारेको छ ।















प्रतिक्रिया