१८ कार्तिक २०८३, बुधबार

नक्कली लाइसेन्स बनाउने सामानसहित ३ जना पक्राउ 

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँको, १९ असार । काठमाडौँको चावहिलबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामानसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानोसिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप,रामेछाप नगरपालिका-५ घर भएका ४० वर्षीय मुनाल कुमार मोक्तान रहेका छन् ।

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर १ थान,  चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर रयाताया तव्यवस्था विभागको नगदी रसिदसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।