काठमाडौं, फागुन ६ । अस्ट्रेलियामा जारी विश्वकप क्रिकेटमा दक्षिण एसियाका दुई टिमबीच भएको खेलमा बंगलादेशले शानदार जित हात पारेको छ ।
पहिलोचोटी विश्वकप क्रिकेटमा सहभागिता जनाएको अफगानिस्थानले पहिलो खेलमै हार व्यहोरेको छ । बंगलादेशसंग अफगानिस्तान १०५ रनले पराजित भएको छ । टस जितेर व्याट्रिमा उत्रिएको बंगलादेशले अफगानिस्तानलाई २ सय ६८ रनको लक्ष्य दिएको थियो । तर, अफगानिस्तान ४३ औँ ओभरमा अलआउट भयो ।
अस्ट्रेलियाको क्यानबेरामा मैदानमा भएको खेलमा सुरुवाती व्याटिङ राम्रो गर्न नसकेको अफगानिस्तानले नराम्रो हार व्यहोरेको हो । सुरुवाती तीन ओभरमै लगातार विकेट गुमाएको अफगानिस्तानले २६ ओभरको खेल सकिँदा नसिकँदै मात्र ७८ रनमा उसले पाँच विकेट गुमाइसकेको थियो।
कप्तान मोहम्मद नाबीले ४४ रन बनाए भने समिउल्लाह सेनवारीले ४२ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दरीलो प्रहार गर्न नसक्दा हार व्यहोर्नु पर्यो । यसअघि विश्वकपमा पहिलोपटक सहभागिता जनाएको एसोसिएट राष्ट्र अफगानिस्तानले कसिलो बलिङ गर्दै बंगलादेशलाई २ सय ६७ रनमा अलआउट गरेको थियो।
बंगलादेशका ओपनर इनामुल हक २९ र तमिम इकवाल १९ रन जोडेर ४७ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि सकिब उल हसन र मुसफिकर रहमानले कीर्तिमानी १ सय १४ रनको साझेदारी गरेपछि बंगलादेश जितको वाटोमा अग्रसर भयो ।
विश्वकप क्रिकेटमा बंगलादेशबाट खेलाडीले गरेको यो सबैभन्दा ठूलो साझेदारी हो । सकिब ६३ र मुसफिकर ७१ रन जोड्दै आउट भए। अफगानिस्तानका तर्फबाट ७ जनाले बलिङ गरेका थिए, जसमध्ये चार जनाले समान २/२ विकेट लिएका थिए।
एजेन्सीको सहयोगमा














प्रतिक्रिया