१८ कार्तिक २०८३, बुधबार

पत्रकार गेलाङको परिवारलाई सहयोग हस्तान्तरण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, ६ असार । टिपरको ठक्करबाट मृत्यु भएका सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको परिवारलाई रु चार लाख ८६ हजार हस्तान्तरण गरिएको छ । पत्रकार गेलाङको परिवारलाई विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आर्थिक सहयोग गरेका हुन ।

पत्रकार गेलाङको परिवारलाई नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाले आज रु एक लाख हस्तान्तरण गरेको पत्रकार महासङ्घका अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिनुभयो । सातौँ दिनको पुण्यतिथिको अवसरमा पारेर गेलाङको घरमै पुगेर रकम हस्तान्तरण गरिएको भारतीले बताउनुभयो ।

त्यस्तैै नेपाल मगर सङ्घ समन्वय समिति सुर्खेतले रु दुई लाख २१ हजार, भारतीय भूपु सैनिकले रु एक लाख, रेडियो भेरी एफएमका अध्यक्ष नारायकुमार कोइरालाले रु पचास हजार र नेपाली काङ्ग्रेसको भातृ सङ्गठन राष्ट्रिय मगर सङ्घले रु ७६ हजार ४२१ सहयोग गरेको छ ।
पत्रकार महासङ्घका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशकसमेत रहनुभएका पत्रकार गेलाङको गत जेठ २९ गते समाचार सङ्कलनका क्रममा जादै गर्दा भेरीगङ्गा नगरपालिका–८ लोदेमा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । –रासस