मुम्बई । बलिउडका नायकहरु एकपछि अर्काे गर्दै पालैपालो जेल जान थालेका छन् । यसअघि सञ्जय दत्त जेल गइसकेका छन् । अहिले उनी ५ वर्षको जेल सजाय काटिरहेका छन् । बलिउडका अर्का सुपरस्टार अभिनेता सलमान खान पनि फेरी जेल जाने सम्भावना बढेको छ ।
मान्छे मारेको अभियोग ‘हिट एण्ड रन’ मुद्दामा सलमान नराम्री फस्ने संकेत सरकारी अधिकारीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय क्षेत्रीय पारवहन कार्यालय (आरटीओ) का अधिकारीको वयानले सलमानलाई जेल पठाउन सक्ने सम्भावना बढेको हो । आरटीओका अधिकारीले बनाएको वयानमा सलमानलाई कडा भन्दा कडा जेल सजाय हुन सक्छ । उक्त वयान सत्य प्रमाणित भएका सलमानले जलको चिसो हावा खानुपर्नेछ ।
सलमानले सन् २००२ मा मदिरा सेवन गरेर फुटपातमा सुतिरहेका व्यक्तीहरुलाई कारले किचेको आरोप छ । त्यही आरोपमा उनीलाई अदालती मुद्दाले अहिलेसम्म छाडेको छैन् । त्यो घटनामा १ जनाको मृत्यु भएको थियो । भने, चार जना घाइते भएका थिए ।
यसअघि पनि सलमानले हरिण मारेको अभियोगमा जेल जिवन विताइसकेका छन् ।














प्रतिक्रिया