६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई भेटेर एकनाथ ढकालले भने : मलाई सांसद बनाइदिनुस्

18k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २ असार । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व हुनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।

ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका ढकालले आफूलाई संघीय संसदमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । बालुवाटार स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको परिवार दलले विज्ञप्ति निकालेर जनाएको छ।

गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ।

सहमतिअनुमा परिवार दलले वाम गठवन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने भनिएको थियो ।

ढकालको ध्यानाकर्षण पछि प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा जवाफ दिने बताएका छन् । ढकालले भने आफूलाई संसदमा प्रतिनिधित्व गराउन नेकपाका अर्का अध्यक्ष प्रचण्डको पनि ध्यानाकर्षण गराउने जनाएका छन् ।

ढकाल यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । २०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।

गत मंसिरमा काठमाडौंमा भएको विवादीत एसिया प्यासिफिक समिट आयोजना गर्ने क्रिश्चियन मिसनरी संस्था युनिफिकेसन चर्चसँग ढकालको सम्बन्ध छ । उनी उक्त संस्था नेपाल च्याप्टरका अध्यक्ष हुन् ।

समिटमा प्रधानमन्त्री ओली लगायत नेकपाका शीर्ष नेताहरु पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीलाई एक कराेडको रकम दिएर सम्मान गरिएको थियो । नेकपाका नेताहरुले हाेली वाइन खाएको भनेर आलोचना समेत भएको थियो ।