१८ कार्तिक २०८३, बुधबार

मूर्तिकला सङ्ग्रहालय बन्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बागलुङ, ३२ जेठ । गलकोट नगरपालिका–५ टेउवामा हुने अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको तयारी तीव्र पारिएको छ । अन्तर्रा्ष्ट्रियस्तरको मूर्तिकला सङ्ग्रहालय बनाउने लक्ष्यसहित कार्यशाला सञ्चालन गर्न लागिएको हो ।

कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम भइरहेको गलकोट कला प्रतिष्ठानले जनाएको छ । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशाला यसै वर्ष्भित्र गरिने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । मिति र अवधि भने पछि तय हुनेछ । कार्यशालामा न्यनूतम पनि १० विदेशीसहित ३० मूर्तिकार सहभागी हुनेछन् ।

सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष २०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ । “देश विदेशका मूर्तिकारका अमूल्य कलाकृति सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, अध्यक्ष रानाले भन्नुभयो ।

मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमी लगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । कार्यशालास्थलमा सडक, शौचालय लगायतका संरचना बनिसकका छन् । सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अघि बढाइएको छ ।

“मूर्ति बनाउन योग्य ढुङ्गा पहिचान गरी चिनो लगाएर राखेका छौँ”, अध्यक्ष रानाले भन्नुभयो । कार्यशालाका लागि दुई टनभन्दा ठूला ३० ढुङ्गा चाहिने जनाइएको छ । कार्यशालाका लागि सङ्घीय सरकारबाट रु ५० लाख र प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको छ । पर्यटन मन्त्रालयमार्फत बजेट आएपछि कार्यशालाको कामले गति लिएको हो । अघिल्लो वर्ष कार्यशाला सञ्चालन गर्ने भनिए पनि बजेट अभावमा ढिलाइ भएको थियो ।

गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि यो वर्ष रु तीन लाख बजेट छुट्याएको थियो । अन्तर्रा्ष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृति सङ्ग्रहालयमा राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि मूर्तिकलाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।

“कार्यशालामा सहभागिताका लागि अन्तर्रा्ष्ट्रियस्तरमा आह्वान गर्छौं”, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ एवं मूर्तिकार ओम खत्रीले भन्नुभयो, “दर्खास्त हाल्नेमध्येबाट छनोटमा परेका मूर्तिकार कार्यशालामा सहभागी हुनेछन् ।”

प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाका लागि रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ । जसमध्ये रु एक करोड ५० लाख कार्यशालामा मात्र खर्च हुने जनाइएको छ ।

कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ । १५ दिनदेखि एक महीनासम्म कार्यशाला चल्ने जनाइएको छ । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशाला हुन लागेको हो । कार्यशालाका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्करुपमा प्रतिष्ठानलाई उपलब्ध गराएका थिए ।

कार्यशालास्थल टेउवा पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सक्छन् । –रासस