१९ कार्तिक २०८३, बिहिबार

यार्सागुम्बा सङ्कलकको चिप्लिएर मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दार्चुला, २९ जेठ । अपि हिमाल गाउँपालिका–१ रोखापुमा एक यार्सागुम्बा सङ्कलकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का २० वर्षीय शेरबहादुर बोहरा रहेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

बोहराको आज यार्सागुम्बा सङ्कलनका क्रममा चिप्लिएर मृत्यु भएको हो । उनको घट्नास्थलमै ज्यान गएको अपि हिमाल गाउँपालिका–१ का वडा सचिव अगबरसिंह जागरीले बताउनुभयो । घटनास्थलमा प्रहरी चौकी खण्डेश्वरीबाट टोली पठाइएको कठायतले बताउनुभयो । यसअघि ब्यास गाउँपालिका–१ दूधीवनमा ११ वर्र्षीय अनिश विष्टको यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु भएको थियो । –रासस