२९ आश्विन २०८३, बिहिबार

डिम्पल गर्ल दिपिका पादुकोणलाई ‘व्वाइफ्रेन्ड’ चाहियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepika-Padukoneमुम्बई । बलिउडमा डिम्पल गर्लकी छवि बनाएकी अभिनेत्री दीपिका पादुकोण आफ्ना मुस्कानले लाखौ दर्शकलाई मन्त्रमुग्ध पार्न सफल छिन् ।

तर, आफ्नो सपनाको राजकुमार दिलमा सजाउन कन्जुसाई गर्दै आएकी छन् ।

फिल्मी करियरमा सफल देखिएकी दीपिकाको लभ लाइफ भने त्यस्तै भएको पाइदैन । उनका पछाडि अभिनेतादेखि बिज्नेश म्यानसम्म लागे र लाग्ने क्रम जारी छ । तर, सफल कोही भएनन् उनलाई पाउन ।

दीपिकासग धेरै नाम जोडिए तर ती नाम नाममै सीमित भए । दीपिकाले मोडलिङमा करिअर बनाइरहेका बेला मोडल निहार पंड्यासग डेट गरेकी थिइन् । निहारको परिवारले पनि दीपिकाको निकै हेरविचार गर्दथ्ये ।

तर दीपिकाको बलिउड यात्राले उनीहरु बिच दूरी पैदा ग-यो । त्यसपछि यी अभिनेत्रीको प्रेम टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीसग भयो । धोनीले दीपिकालाई पटक पटक चर्चामा ल्याए पनि साथ दिने आट गरेनन् ।

उल्टै आफूहरु साथीमात्र भएको भन्दै दीपिकाले धोनीसगको सम्बन्ध स्पष्ट पारिन् । त्यसपछि धोनीले सांक्षीसंग विवाह गरे ।

दीपिकाको नाम क्रिकेटर युवराज सिंहसग पनि जोडियो । चर्चा यतिसम्म भयो, दुवैले विवाह गर्दैछन् । दीपिका र युवराज थुप्रैपटक थुप्रै होटल र रेस्टुरेन्टमा देखिएका थिए ।

यसपछि दीपिकाको जीवनमा बलिउडका रकस्टार भनिने रणवीर कपुरको इन्ट्री गरे । दुवैले ‘वचना ए हसिनो’ मा काम गरे ।

शूटिङका दौरान दुवै बिच सामिप्यता बढ्यो । दीपिकाले आफ्नो सम्बन्धलाई खुला रुपमा स्वीकार गरिन् ।

तर, उनको भाग्यमा अरु केही लेखिएको थियो । दीपिका र रण्ँवीरको सम्बन्ध धेरैबेर टिकेन । रणवीरको अहिले कट्रिना कैफसगको सम्बन्ध डेट छ ।

यति मात्र होइन, दीपिका नाम बिजनेश टाइकुन विजय माल्याका छोरा सिद्धार्थ माल्यासग पनि जोडियो ।

दीपिकालाई थुप्रैपटक सिद्धार्थको आइपिएल टिम ‘रोयल च्यालेन्जर्स ब्याङगलोर’ को समर्थन गरिरहेको देख्न पाइन्थ्यो । तर, त्यो पनि टिकाउ भएन ।

पछिल्ले समय दीपिका ‘रामलीला’का को–स्टार रण्ँवीर सिंहकासाथ डेटिङमा छिन् । तर, उनीहरुले आपसी सम्बन्ध खुलाएका छैनन् । उनीहरुले मालदिप्समा नया वर्ष २०१५ मनाएका थिए । अहिले पनि एक अर्काको नजिकतामा छन् । – एजेन्सी