
पर्सा, २८ जेठ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट जेठ २७ गते सशस्त्र प्रहरी बलको टोलीले बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनिया गाँउपालिका ५ बस्ने ३४ वर्षीय सम्सुल अन्सारी छन । निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्वर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज अन्सारीलाई शंका लागि जाँच गर्दा उनको साथमा वीन्सीरेक्स एक बोतल, सिम्प्लेक्स ट्याब्लेट १० वटा र नाईट्राजेपाम ट्याब्लेट १० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुली ले बताएका छन् ।












प्रतिक्रिया