
सिन्धुली, २७ जेठ । सिन्धुलीको मरिण गाउँपालिका–२ स्थित सकौरीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नम्बर प्लेट नै राख्न बाँकी रहेको अनटेष्ट ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा मरिण गाउँपालिका–४ का १८ वर्षीय सुकमान जिम्बा र १४ वर्षीय सागर माझीको रहेका छन् । उनीहरु दुबैको घट्नास्थलमै मृत्यु भएको र घटनामा परि एक जना घाइते भएको प्रहरीले जनाएको छ।
घटनापछि चालक तथा ट्रयाक्टर धनी मरिण गाँउपालिका–३ चनौटेका श्याम माझी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।
मुङ्ग्रेबाट चनौटे जाने क्रममा ओभर स्पीडका कारण ट्रयाक्टर पल्टेको स्थानीयको अनुमान छ ।












प्रतिक्रिया