१९ कार्तिक २०८३, बिहिबार

कोरियन भाषा परीक्षा आजदेखि शुरू

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । कोरियन भाषा परीक्षा आजबाट शुरू हुने भएको छ । भाषा परीक्षा शनिबार र आइतबार दुई दिन चल्नेछ ।

परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षाको सबै तयारी पूरा भएको ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए ।

परीक्षा दुई सिफ्टमा सञ्चालन हुँदैछ । दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।

परीक्षा बिहान १० देखि १०ः५० सम्म र दिउँसो १ः३० देखि २ः२० बजेसम्म सञ्चालन हुनेछ ।

गएको वर्षहरूमा एक मिनेट ढिलो गरी परीक्षा केन्द्रमा पुगेकै कारणले धेरैले परीक्षा दिन नपाएको भन्दै परीक्षा शुरू हुनुभन्दा दुई घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले आग्रह गरेका छन ।