१ कार्तिक २०८३, आइतबार

दुबईमा बस दुर्घटना, १७ जनाको मृत्यु

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई, २४ जेठ । संयुक्त अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

बिहीबार बेलुकी ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरमा उल्लेख छ ।

दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि बीबीसीको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।