१९ कार्तिक २०८३, बिहिबार

नविन ज्ञान, सीप र प्रविधिको खोजीका लागि स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिका सहरी योजना आयोगको सक्रियता र ब्यवस्थापनमा ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा– २०७५’ सम्पन्न भएको छ ।

क्षमतावान युवाहरुलाई आफ्नै देशमा स्वरोजगारीको अवसर सिर्जना गर्ने तथा स्वदेश तथा विदेशमा हाँसिल गरेको नविन ज्ञान, सीप, प्रविधि एवं कला–कौशललाई आफ्नै जन्मभूमिको माटोमा सिञ्चित गरी स्वाधिन अर्थतन्त्र निर्माण गर्ने उदेश्यले यस्तो प्रतिस्पर्धाको आयोजना गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखि नेपाली’ निर्माणको अभियान पूरा गर्नका लागि सरकारी तहबाट युवाहरुलाई प्रोत्साहित गर्न पनि यो प्रतिस्पर्धा सहयोगी बन्ने महानगरपालिकाको अपेक्षा छ ।

स्थानीय सरकारको तहबाट पहिलो पटक आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाबाट काठमाडौंको समस्याहरुको पहिचान गरी तिनलाई निराकरण गर्ने नवीन तथा प्रविधिमैत्री उपायहरुको खोज तथा संकलन गर्न सहयोग पुग्ने पनि महानगरपालिकाले अपेक्षा गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्ता प्रतिस्पर्धाले युवाहरुमा नवीन सोचको खोजी गर्न सहयोग पुग्ने बताए । प्रतिस्पर्धाका विजेता र उपविजेता समूहलाई पुरस्कार वितरण कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले नेपालीमा मेरो देश मै बनाउन सक्छु भन्ने भावना आउनु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले चीन र इजरायल विकासको उदाहरण दिंदै नेपालले पनि त्यही गतिमा विकास गर्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले देश विकासका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

‘देश विकासका लागि युवाहरुको सोच अति आवश्यक हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘युवाहरुको उत्साहपूर्ण सहभागिताले नेपाललाई छिटै विकसित देशको रुपमा हामी विश्वमा चिनाउन सक्छौं ।’

उनले मागेर होइन, आफ्नै पौरखले देश बनाउने हो भन्दै त्यसका लागि अठोट चाहिने बताए । प्रधानमन्त्री ओलीले युवामा आशा देखाउने कार्यक्रम ल्याएर विद्यमान बेरोजगारीको समस्या हल गर्न सकिने पनि बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नविन प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तन गरी आधुनिक, सभ्य र सुसंस्कृत महानगर निर्माण गर्ने उपयुक्त प्रविधि भित्रयाउन सहयोग पुग्ने बताए ।

‘विश्वमा प्रचलनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्ने नविन सोचको अन्वेषण गर्ने, काठमाडौँ.महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने जस्ता कुरामा यस्ता प्रतिस्पर्धाले सहयोग पुग्ने आशा गरेका छौँ,’ उनले भने, ‘काठमाडौंको सहरी समस्या समाधान गर्न सक्ने प्रविधिमैत्री ‘स्टार्टअप’ उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, नविन सोचलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्दै कार्यान्वयनयोग्य बनाउनका लागि उपयुक्त वातावरण निर्माण गर्न पनि यस्ता प्रतिस्पर्धाले सहयोग पुग्ने छ ।’

मेयर शाक्ले युवालाई आफ्नै देशमा पनि सम्भावना छ भनेर देखाउन यस प्रकारको प्रतिस्पर्धा आयोजना गरिएको पनि बताए ।

त्यसैगरी, कार्यक्रमलाई सम्वोधन गर्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरको समग्र शासन प्रणालीमा नविन सोच, क्षमता र दक्षता भएका जनशक्तिको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने लक्ष्य लिएको बताए ।