१९ कार्तिक २०८३, बिहिबार

संसदको बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल सकिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । संसदमा छलफल हुँदै आएको आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।

आइतबारदेखि शुरू भएको छलफलमा आज केही सांसदहरूले धारणा राखेपछि अर्थमन्त्री ड.युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसदसचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि बोलाइएको छ ।

जेठ १५ गते अर्थमन्त्री डा.खतिवडाले आगामी आर्थिक वर्ष २०७६–७७ का संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए ।

मंगलबारसम्म बजेटको सैद्धान्तिक पक्षमाथि एकसय भन्दा बढी सांसदहरूले बोलेका छन् । धारणा राख्ने क्रममा सत्ता पक्षका सांसदले बजेटको अन्धो समर्थन गरेका छन् भने विपक्षी सांसदहरुले खरो आलोचना गरेका छन् ।