१९ कार्तिक २०८३, बिहिबार

विवाहित युवतीलाई यौन दुर्व्यवहार गरेर स्कुलका संचालक पाण्डे फरार

41k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेठ, २२, कावासोती । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा नवलपुरको मध्यबिन्दु एक जनाविरुद्ध जाहेरी परेको छ ।

मध्यबिन्दु नगरपालिकाका ३८ वर्षिय राजु पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी बुझाइएको पीडित परिवारले जनाएको छ।

जाहेरी लेखिसकिएको तर, आज सार्वजनिक विदा परेकाले भोलिसम्मा जाहेरी दर्ता भइ वारेण्ट जारी गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

मध्यबिन्दु नगरपालिका ८ रानिटारमा खेतमा काम गर्न गएको मौका पारी स्थानीय १८ वर्षिय विवाहित युवतीलाई पाण्डेले बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन् ।

मङ्गलबार आफ्नो खेतमा गएका बेला महिलामाथि पाण्डेले जवर्जस्ती करणी गर्न खोज्दा भागेर बाँच्न सफल भएको पीडित परिवारले जानकारी दिएको छ ।

घटनापछि गाउँमै मिलाउने प्रयास गरेपनि पीडित पक्षले नमानेपछि प्रहरीकोमा जाहेरी परेको हो । मङ्गलबार नै मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष परशुराम महत्तोले यो सामान्य घटना भएको भन्दै स्थानीयस्तरमै मिलाउने प्रयास गरेपनि त्यो सफल हुन सकेन ।

वडाध्यक्ष महत्तोले प्रहरीकोमा गए झन्झट बढ्ने भन्दै घटना गुपचुप मिलाउने प्रयास गरेपछि आफूहरुले नमानेर प्रहरीकोमा आएको पीडित महिलाले बताएकी छिन ।

आरोपित पाण्डे तम्सरिया साना सहरी खानेपानी संस्थाका अध्यक्ष हुन् भने भ्युरान स्मल हेभन स्कुलका संचालक समेत हुन् । घटनापछि पाण्डे फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।