
काठमाडौँ, २२ जेठ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले यही जुन १४ तारिखमा मनाउने विश्व रक्तदाता दिवसको अवसरमा काठमाडौंमा साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो । सन् १९०१ मा डा. कार्ल ल्याण्डस्टिनरले ए, बी, ओ रक्त समूह पत्ता लगाएपछि उनको जन्मदिन जुन १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाउँदै आइरहेको छ ।
ब्लोदानले आफूहरुले वर्षभरि स्वयंसेवी रक्तदानको क्षेत्रमा लागेका स्वयंसेवी रक्तदाताहरु, संघसंस्थाहरु लगायत अन्य महानुभावहरुलाई मानव जीवन बचाउनेजस्तो मानवीय कार्यमा लागेकोमा धन्यवाद दिन सन् २००४ देखि नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटी, विश्व स्वास्थ्य संगठनलगायत रक्तदान गर्ने अन्य संघ÷संस्थाहरुसँगको सहकार्यमा विश्व स्वास्थ्य संगठनद्वारा घोषित नाराका साथ विभिन्न साप्ताहिक कार्यक्रमहरु सहित विश्व रक्तदाता दिवस भव्यरुपमा मनाउँदै आइरहेको जनाएको छ ।
यही जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म साताव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको मूल समारोह समितिका संयोजक सूर्यलाल महर्जनले जानकारी दिए । ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरुले यस वर्ष ‘सबैका लागि सुरक्षित रगत’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस–२०१९ मनाउन गइरहेको जानकारी गराए ।
उनले उक्त अवसरमा स्वयंसेवी रक्तदान गर्नेहरुलाई पटकको आधारमा सिल्भर, गोल्डेन तथा डायमण्ड डोनर पीनले सम्मानित गर्नेपनि जानकारी दिए ।












प्रतिक्रिया