१९ कार्तिक २०८३, बिहिबार

सिरहामा बिपद जोखिम न्यूनीकरण कम गर्न सशस्त्र प्रहरीद्वारा जनचेतना अभियान शुरू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह महतो

सिरहा, २२ जेठ । सिरहाको लहान नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरूमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपदको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीलाई कक्षा शुरु गरेका छन् ।

गत वैशाखदेखि शुरू गरेको सो अभियान अहिले लहान नगरपालिकाको पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मावि, बस्तीपुर माबि र शारदा मबि लगायतका विद्यालयहरूका छात्र–छात्रालाई बिपद जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको लहान बेस क्याम्पका डिएसपी प्रेम रावलले बताए ।

यो अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रत्येक स्कुलहरूमा दिने गरेको स्थानीय र शिक्षकहरूको बुझाइ रहेको हो ।