दिक्तेल, २१ जेठ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
ढुंगा लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको मृत्यु भएको दिप्सुङ स्वास्थ्यचौकीका अहेव रामविनयप्रसाद गुप्ताले उज्यालोलाई जानकारी दिए । ढुंगाले लागेर २० वर्षका प्रेम तामाङ घाइते भएका छन ।
ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाउन सफल भएका गुप्ताले जानकारी दिए ।












प्रतिक्रिया