१९ कार्तिक २०८३, बिहिबार

राजपाले १७१ सदस्यीय केन्द्रीय कार्य सिमित बनाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले १७१ सदस्यीय जम्बो केन्द्रीय समिति बनाउने भएको छ ।

राजपाले यसअघि एकल अध्यक्षीय प्रणालीमा जाने निर्णय गरिसकेको छ । राजपा अध्यक्षमण्डलको मंगलबार बस्ने बैठकमा नयाँ विधान पेश हुने कार्यक्रम छ ।

नयाँ विधानमा १ अध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ सहमहासचिव, १ कोषध्यक्ष, १ सहकोषाध्यक्ष, ३ प्रवक्ता तथा आवश्यकता अनुसार वरिष्ठ नेतासहित १ सय ७१ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ ।

दुई वर्षअघि तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ वटा पार्टी एकीकरण भइ राजपा नेपाल गठन भएको छ । राजपा अहिले अध्यक्षमण्डलको चक्रिया प्रणालीबाट चलिरहेको छ ।

राजपाले पार्टी विधान बनाउन लक्ष्मणलाल कर्णको संयोकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति बनाएको थियो ।

समितिले अध्यक्षमण्डल र सरोकारवालासँग छलफल गरी नयाँ विधान बनाएको छ । विधान कमिटीका संयोजक कर्णले आफ्नो नेतृत्वको समितिले अध्यक्षमण्डललाई विधान हस्तान्तरण गरिसकेको जानकारी दिए ।

विधानअनुसार महाधिवेशनबाट ७० प्रतिशत सदस्य निर्वाचित गर्नेछ भने ३० प्रतिशत सदस्य अध्यक्षले मनोनीत गर्नेछन् ।

केन्द्रदेखि वडा तहसम्मको संरचना परिकल्पना गरेको नयाँ विधानले प्रदेश समिति बढीमा ७१ सदस्यीय रहने उल्लेख छ ।

प्रदेश समितिमा पनि १ अध्यक्ष, ७ उपाध्यक्ष, २ प्रदेश महासचिव, ३ प्रदेशसचिव, १ प्रदेश कोषध्यक्ष र १ प्रदेश प्रवक्तासहित ७१ सदस्यीय कार्यसमिति रहने छ । प्रदेशमा पनि ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनीत सदस्य रहने व्यवस्था गरिएको छ ।

एक वर्षयता पटक पटक महाधिवेशनको मिति तय गर्दै सार्दै आएको राजपाले कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ ।

सदस्यविरतण अभियानलाई जेठ मसान्तसम्म टुंग्याउन केन्द्रबाट सकुर्लर जारी गरिएको महासचिव केशव झाले जानकारी दिए ।