१९ कार्तिक २०८३, बिहिबार

स्कुटर दुर्घटनामा झापामा २७ वर्षीया युवतीको मृत्यु

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विर्तामोड, २१ जेठ । झापा जिल्लामा सोमबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका २ स्थित धरमपुर चौकमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको १० प ८१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको मे ७ प १६८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा शिवसताक्षी १ बस्ने २७ वर्षीया रञ्जना खनालको मृत्यु भएको हो । उनी स्कुटर चलाएर बाटो काट्दै गरेकी थिइन्।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालक बिर्तामोड ५ का १७ वर्षीय मौसम पाण्डे सामान्य घाइते भएका छन् ।