१९ कार्तिक २०८३, बिहिबार

प्रहरीलाई २ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २० जेठ । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने २ जना पक्राउ परेका छन् ।

गएराति साढे ११ बजे काठमाडाैँ महानगरपालिका २८ पुरानोबापार्कमा चेकजाँचको क्रममा बा.६७ प ८८११ नम्बरको मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका ११ बस्ने वर्ष २२ को कोषराज बोहरा र  मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने वर्ष २२ को विवेक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले  प्रहरीलाई नगद २ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए ।  घटना सम्बन्धमा आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।