१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस सभापति देउवाले भारतका विदेशमन्त्री जयशंकरलाई बधाई दिए

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १७ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई बधाइ दिएका छन् । शनिबार पत्र पठाउँदै देउवाले बधाइ तथा शुभकामना व्यक्त गरेका हुन्।

देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमा विदेश सेवामा लामो अनुभव र योगदानका कारण तपाईं सफल हुने र अझ उचाइमा पुग्ने म विश्वस्त छु ।’

यसका साथै विदेशमन्त्री जयशंकरका पालामा नेपाल-भारत सम्बन्ध अझ बलियो हुने विश्वास देउवाले व्यक्त गरेका छन् ।

नेपालको संविधान जारी हुनुभन्दा २ दिनमात्र पहिले नेपाल आएका जयशंकरले भारतमा गरेको ब्रिफिङकै कारण नाकाबन्दी लागेको भन्ने आरोप लाग्दै आइरहेको  छ।