न्युयोर्क, १८ जेठ । अमेरिकाको भर्जिनियामा गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भर्जिनियामा रहेको सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली हानेका हुन् । स्थानीय प्रहरीका अनुसार गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्यूनिसिपल सेन्टरका कर्मचारी रहेका छन् ।
प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा एक प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार घटना शुक्रबार बेलुका भएको हो । भर्जिनियाबीचका मेयर बबी डायले यो शहरकै इतिहासको ‘सबैभन्दा त्रासदीपूर्ण घटना’ भएको बताएका छन् ।















प्रतिक्रिया