१९ कार्तिक २०८३, बिहिबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ 

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौंतार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरी विवाद हुँदा भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा गम्भीर घाइते भएका सोही स्थान बस्ने२१ वर्षीय सागर विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।