काठमाडौं, १५ जेठ । न्याय परिषदले भ्रष्टाचार अभियोगमा दुई जना जिल्ला न्यायाधीशलाई बर्खास्त गरेको छ ।
मंगलबार बसेको परिषदको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको परिषदको बैठकले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिले गरेको सिफारिसका आधारमा कारबाही गरेको छ ।
तनहुँका न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको आरोपमा निलम्बन गरिएको छ । उनीविरुद्ध विशेष अदालतमा नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोयमा मुद्दा चलाउने निर्णयसमेत भएको छ ।
छाननिबनका क्रममा उनले भारतबाट स्नातक उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट ल्याएर नेपालमा एलएलबी गरेको भेटिएको छ । यस्तै ललितपुरका प्रमुख न्यायाधीश आत्रेयलाई कार्यक्षमताको अभावमा निलम्वन गरिएको स्रोतले जानाएको छ ।












प्रतिक्रिया