काठमाडौं, १५ जेठ । भक्तपुरमा मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरी चलाउने, खरिद बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगाति र ठिमीले बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकल र चोरी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक र महानगरीय प्रहरी वृत्त वौद्धको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले बताए ।
प्रहरीले रामेछापको सुनापाति गाउँपालिका–६, घर भई हाल काठमाण्डौ बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५, फेदीगुठ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाललाई पक्राउ गरेको छ ।
ओखढुंगाकै सुनकोशी सुनकोशी गाउँपालिका–३ बस्ने २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोकको स्याउले घर भई हाल चौतारी बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगाको सुनकोशी गाउँपालिका–२, बस्ने २२ वर्षीय भीजन कार्की पक्राउ गरेका छन् ।
उनीहरुको साथबाट परिवर्तिन नम्बर बा ९८ प ७३९४, प्रदेश ३-०२-००२ प २६३८, बा ९८ प ७९६३, प्रदेश ३-०२-००३, प ४३८६, बा. ७८ प. ५१६६ र बा. ९९ प. ३३७४ का ६ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।












प्रतिक्रिया