१९ कार्तिक २०८३, बिहिबार

फणीन्द्र नेपालले पाए जिल्ला अदालतबाट सफाइ

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १४ जेठ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले गएको मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ हजार जरिवाना गरेको फैसलालाई उल्ट्याउँदै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जनार्दन भट्टराईको इजालासले सोमबार सफाइ दिएको हो ।

नेपालका तर्फबाट अधिवक्ता सुजित केसीले बहस गरेका थिए ।

२०७५ भाद्र १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौंमा अवतरण गरेकै दिन अभियन्ता नेपाललाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

नेपालले सार्वजनिक स्थानमा मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ७० को (१) बमोजिम कसुर अपराध गरेको ठहर गर्दै सोही ऐनको दफा ७०(२) बमोजिम रू. १००० (एक हजार) जरिवाना हुन्छ भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले फैसला गरेको थियो ।

जिल्ला प्रशासनको फैसला उपर नेपालले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।