१९ कार्तिक २०८३, बिहिबार

उपराष्ट्रपति पुन यूएनको विशेष समारोहमा सहभागी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भियना, १४ जेठ । अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका छन् ।

स्थानीय समयअनुसार सोमबार साँझ भएको समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी थिए ।

भियना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो । केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ् भएर लागेको बताए ।

उनले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताए ।

उपराष्ट्रपति पुन अष्ट्रियाका चान्सलरले सोमबार राति आयोजना गरेको रात्री भोजमा पनि सहभागी भएका छन् । उनको साथमा वनमन्त्री बस्नेत समेत सहभागी थिए ।

उपराष्ट्रपति पुन आज (मंगलबार) आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।