१९ कार्तिक २०८३, बिहिबार

मिक्लाजुङमा मंगलबार शोकमा बिदा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिम, १४ जेठ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।