१ कार्तिक २०८३, आइतबार

भाजपा नेता सिंहको गाेली हानी हत्या

39.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १२ । भारतको उत्तर प्रदेशमा भाजपाका एक नेताको गोली हानी हत्या गरिएको छ ।

भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भएको क्षेत्रमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको हो ।

इरानीसँग निकट सम्बन्ध भएका भाजपा नेता सुरेन्द्र सिंहलाई शनिबार राति ११ बजे गोली हानिएको थियो । गोली लागेर घाइते भएका सिंहलाई उपचारका लागि लखनऊ लगे पनि उनी बाँच्न सकेनन् ।  सिंह अमेठीको बाराउलिया गाउँका पूर्वप्रमुख थिए ।

उनको हत्या पारिवारिक कारणले भएको हो कि त्यसका पछि कुनै राजनीतिक कारण छ भन्नेबारेमा खुलिनसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

अमेठी त्यही क्षेत्र हो, जहाँबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए । २००४ पछि राहुल त्यहाँबाट सांसद बनिरहेका छन् । अमेठीमा सन् १९७५को संकटकाल लगाएपछि भएको १९७७ मा चुनावमा इन्दिरा गान्धी पनि पराजित भएकी थिइन् ।