५ कार्तिक २०८३, बिहिबार

लक्की शेर्पाले खोसेको राहदानी वाङ्छुले अझै पाएका छैनन्

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । अस्ट्रेलियाका लागि तत्कालिन नेपाली राजदूत लक्की शेर्पाले खोसेको राहदानी अहिलेसम्म पनि नपाएको वाङ्छु शेर्पाले बताएका छन् ।

अस्ट्रेलियामा रहेका वाङ्छुले लक्की शेर्पा मानव तस्करीमा लागेको गम्भिर आरोप लगाएका थिए । आफू र आफ्नी पत्नीलाई पनि मोटो रकम लिएर अस्ट्रेलिया लगेको उनको आरोपपछि लक्की शेर्पालाई सरकारले स्पष्टीकरण लिएको थियो ।

लक्कीले राजीनामा दिइसकेकी छन् । उनले राजीनामा दिने क्रममा आफूलाई षडयन्त्रपूर्वक फसाइएको विज्ञप्ति पनि जारी गरेकी थिइन् ।

तर उनै लक्कीले खोसेको राहदानी नपाउँदा अस्ट्रेलियामा कतिपय कानुनी काम र रोजगारीका लागि पनि समस्या भएको वाङ्छुले बताएका छन् ।

लक्कीको राजीनामा पछि सरकारले अस्ट्रेलियामा कुनै राजदूत पठाएको छैन ।