१९ कार्तिक २०८३, बिहिबार

कांग्रेसले चुनाव हार्दा देश र जनताले दुःख पाएः रामहरि खतिवडा

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ११ जेठ । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कांग्रेसले चुनाव हार्दा देश र जनताले दुःख पाएको बताएका छन् ।

जागरण अभियानअन्तर्गत भोजपुर जिल्लाको हतुवगढी गाउँपालिकाको घोडेटारमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसलाई सांगठनिक रुपमा बलियो बनाउनुपर्ने बेला आएको बताए ।

‘कांग्रेसले गाउँदेखि केन्द्रसम्म जोडिनका लागि जागरण अभियान चलाएको छ’, उनले भने, ‘यो अभियानले कांग्रेसका गाउँका कार्यकर्तामा उत्साह थप्ने कार्य गरेको छ ।’ उनले कम्युनिस्टहरूको अधिनायकवादसँग लड्ने उर्जा कांग्रेसलाई गाउँका कार्यकर्ताबाट प्राप्त हुने बताएका छन् ।

‘सम्पूर्ण हामी लोकतन्त्रप्रति आस्थावन नेपाली कांग्रेसको सिपाहीहरू अब लोकतन्त्र रक्षाको लागि हरेकले आफ्नो घर, टोल, वडा, गाउँपालिका, नगर र जिल्लामा संगठन मजबुद बनाउनुपर्छ’, पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘कांग्रेसले चुनाव हार्दा यहाँ नेपाली जनताको अधिकार खोसिएको छ ।’

उनले दुई तिहाइको बलियो कम्युनिस्ट सरकार हुँदा पनि बलत्कार, हत्य, हिंसा र भ्रष्टचार बढेको बताए । देशबाट भ्रष्टाचार अन्त्यका लागि कम्युनिस्टहरूले नसक्ने बरु बढाएर जाने बताए ।

उनले भने, ‘यो सरकारले एक सय र हजारको भ्रष्टचार समत्न सक्ने वाइड बडीको ४ अर्ब २५ करोड, बुडीगण्डकी ३०–४० अर्ब चाइनको विवादित कम्पनीलाई दिने, ३३ किलो सुन तस्करलाई समात्न नसक्ने कस्तो खालको अख्तियार हो यो ?’ अख्तियारले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी बनाउन ठूला माछाहरूलाई कारबाही र छानविन नगरेको कांग्रेस नेता खतिवडाले बताए ।