मुम्बई । बलिउडका सफल निर्देशक राजकुमार हिरानीले अभिनेता सञ्जय दत्तको जिवनमा आधारित चलचित्र बनाउने घोषणा गरेका छन् ।
निर्देशक हिरानीले एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्जय दत्तको जिवनीमा चलचित्र बनाउने काम सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा सन् १९९३ बम ब्लास्ट हुनुभन्दा पहिले पनि सञ्जय दत्तले गैरकानुनी पदार्थ राखेको आरोपमा केही महिना जेल चलान भएका थिए । बलिउडका ‘मुन्नाभाई’ सञ्जय दत्तले ९ वर्षसम्म ड्रग्स कारोवारमा संलग्न भएको भनेर स्विकार गरेका थिए ।
कोकीन देखि लिएर हेरोइन सम्म उनले लगभग हरेक नशालुपदार्थको प्रयोग तथा कारोवार गरेका थिए ।
उनलाई नशालुपदार्थको वानी छुटाउन अमेरिकाको सुधार केन्द्र समेत लगिएको थियो । निर्देशक हिरानीले सञ्जय दत्तको जिवनीमा चलचित्र बनाउने योजना त्यस समयमा आएको थियो जब सञ्जय दत्त जेलबाट गतवर्ष वाहिर आएका थिए । भनेका छन् ।
यसै समयमा मैले सञ्जयसंग भेटवार्ता गरेको थिए । उनले अमिर आनले अभिनय गरेको चलचित्र पिकेलाई राम्रो नभई जबरजस्ती सफलता मिलेको बताए । सञ्जय दत्त अहिलेपनि जेल जिवन विताइरहेका छन् ।
मुम्बई बम काण्डमा संलग्न रहेको भन्दै उनलाई अदालतले ५ सालको जेल सजाय सुनाइएको थियो । करिब ३ वर्ष सञ्जयले जेलमा विताइसकेका छन् । चलचित्रको नाम तोकिएको छैन् । अहिले कथा लेख्ने कार्य जारी छ ।














प्रतिक्रिया