१ कार्तिक २०८३, आइतबार

बेलायती प्रधानमन्त्री टेरेशा मेद्वारा राजीनामा घोषणा

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० जेठ ।  बेलायती प्रधानन्त्री टेरेशा मेले राजीनामा घोषणा गरेकी छन् ।

युरोपेली संघबाट बाहिरिने शर्त सम्बन्धमा गरेका सहमतिलाई संसदले अस्वीकृत गरेपछि मेले राजीनामाको घोषणा गरेकी हुन् । उनले आउँदो २४ गते राजीनामा दिनेछन् ।

प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिटमा एउटा भावनात्मक सम्बोधन गर्दै उनले सन् २०१६ को युरोपेली संघ सम्बन्धी जनमतसंग्रहको सम्मानमा आफूले राम्रो काम गरेको दावी गरिन् ।

आफूले ब्रेक्जिटलाई पूर्णतामा पुर्याउन हरसम्भव प्रयास गरेपनि असफलता मिलेको बताउँदै खिन्नता व्यक्त गरिन् र कन्जरभेटिभ दलले नयाँ नेताको चुनाव नहुन्जेल आफू प्रधानमन्त्री रहने जानकारी दिइन् ।

२४ जेठमा उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि सत्तारुढ दललाई नयाँ नेता छान्न केही साता लाग्नेछ।

जनवरी यता प्रधानमन्त्री मेले संघबाट बाहिरिने सर्तहरुका बारेमा युरोपेली संघसँग गरेको तीन वटा सहमतिलाई बेलायती संसदले अस्वीकार गरेको थियो।

ती सहमति पारित गराउन उनले विपक्षी लेबर दलसँग यस विषयमा सहमति गर्न खोजेपछि असफल भएपछि राजीनामाको विकल्प रोज्नु परेको हो।