१९ कार्तिक २०८३, बिहिबार

युवा संघका नेता बमले ब्रेनट्युमरकी बिरामीलाई आर्थिक सहयोग गरे

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट युवा संघ नेपालका केन्द्रीय सदस्य वकिल बमले शिक्षण अस्पतालमा उपचाररत एक महिलालाई आर्थिक सहयोग गरेका छन् ।

तत्कालीन नेकपा एमाले कालिकोटका सचिवालय सदस्य समेत रहेका बमले कालिकोट नरहरीनाथ गाउँपालिका– ९ की उर्मिला विष्ट बोहराको स्वास्थ्य उपचारको लागि २५ हजार चार सय ४० रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेका हुन् ।

बोहराले बिगत ३ महिनादेखि शिक्षण अस्पताल महाराजगन्जमा ब्रेनट्युमरको उपचार गराइरहेकी छन् । उनको आर्थिक अवस्था कमजोर छ ।

बिहीबार नेता बम अस्पतालमै पुगेर रमक हस्तान्तरण गरि बोहराको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै, स्वतन्त्र विद्यार्थी युनियन (आरआर क्याम्पस)का सदस्य शिवशंकर न्यौपानले तीन हजार रुपैयाँ सहयोग गरेका छन् ।

उर्मिलाका श्रीमान प्रदीपले सहयोग प्रदान गरेकोमा युवा नेता बमलाई धन्यवाद दिएका छन् । बोहराले बमको समाज सेवा र राजनीतिक यात्रा सेवामुलक बन्दै जाओस् भन्ने काम पनि गरेका छन् ।

दुःखी र पीडितहरुको साहारा बन्दै आएका बमले कहिले आगलागी पीडितका लागि त, कहिले तराईमा आएको हरी पीडितलाई अमूल्य सहयोग गरेको स्मरण गर्दै बोहराले आज आफ्नै जिल्लावासीलाई भाई सम्झेर सहयोग गरेको भन्दै उच्च सम्मान प्रकट गरेका छन् ।