विर्तामोड, ९ जेठ । झापा जिल्लाको मेचीनगर नगरपालिका १० धुलाबारीमा बुधबार राति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।
मध्यरातमा आफ्नै घरभित्र धारिलो हतियार प्रहार भएका कारण ४१ वर्षीया आरती चौहान गम्भीर घाइते भएकी छिन् ।
उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
हतियार प्रहार गर्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले बताए ।












प्रतिक्रिया