१९ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ जेठ । विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका नेपाली सेनाका अधिकारीहरुलाई प्रकृति संरक्षण पदक प्रदान गरिएको छ ।

पदक प्राप्त गर्ने नेपाली सेनामा कार्यरत ६५०९ जना मध्ये रथीदेखि महासेनानीसम्मका २० जनालाई मिति बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले भिुवन आर्मी अफिसर्स क्लवमा एक प्रकृति संरक्षण पदक प्रदान गरेका हुन् ।

कार्यक्रममा पदक प्राप्त गर्ने मध्ये समारोहमा उपस्थित प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी गौरव तण्डुलले पदक प्रदान गरे।

नेपाल सरकार मन्त्रिपरिषदका मिति २०७५ जेठ ज्ञघ गतेको बैठकको सैद्धान्तिक स्वीकृति पश्चात प्रकृति संरक्षण पदक प्रदान गर्ने स्थायी कार्यविधि अनुसार प्रत्येक वर्षको असोज ०३ गते (संविधान दिवस) का दिन प्रकृति संरक्षण कार्यमा योगदान पुर्‍याउने नेपाली सेनामा कार्यरत सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट विभुषित गरिनेछ ।

समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।