१९ कार्तिक २०८३, बिहिबार

दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ८ जेठ । दाङ जिल्लामा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ का ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो ।

नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति अर्जुनखोला नजिकबाट उनलाई पक्राउ गरेको थियो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार लमही क्षेत्रमा ब्राउनसुगर प्रयोगकर्ता बढ्न थालेको घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।