१९ कार्तिक २०८३, बिहिबार

अनशनरत नर्सहरुको जीवन रक्षाका लागि अपिल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ जेष्ठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्वय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्वय बराल र शेर्पा भक्तपुरस्थित शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले यस्तो अपिल गरेको हो । कार्यक्रममा बोल्दै ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा. सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे ।
सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्कता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाइन् ।

सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ । नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति पनि नभएको भन्दै उनले नर्सहरुमाथि अत्याचार कायम नै रहेको पनि गुनासो पोखिन् ।

त्यस्तै, नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टाफ नर्सले गर्र्ने व्यवहार भोग्दै आइरहेको बताइन् । जारी आन्दोलन नर्सिङ सेवा क्षेत्रभित्र रहेका समस्याहरुको आवाजको रुपमा रहेका बताउँदै उनले नर्सिङ पेशालाई मर्यादित बनाउन माग गरिन् ।

कार्यक्रममा बोल्दै नर्स सिमा धतान बिश्वकर्माले अहिले नेपालमा नर्सहरुमाथि अन्याय भएको बताउँदै आफूहरु अत्याचारको शिकार भएको र सदाचारको मार्ग खोजिदिन आग्रह गरिन् ।

नर्स कविता आचार्यले आफूहरुको पीडा पोख्नकै लागि सडकमा आउनुुपरेको जानकारी गराइन् । कार्यस्थलमा हुनुपर्ने सुरक्षालगायत आफ्ना समस्यामाथि ध्यान नपु¥याएको बताउँदै आफुहरुलाई नागरिकको रुपमा हेर्न आवश्यक रहेको उनको भनाई छ ।

नर्स सम्झना डङगोलले अनसनरत नर्सहरुको जीवन रक्षामा ध्यान दिन आग्रह गरेकी छिन् । स्वास्थ क्षेत्रसंग सम्बन्धित सम्पुर्ण कर्मचारीको हकअधिकारको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिइन् ।

अभियानककी अभियन्ता रोशा श्रेष्ठले नेपालमा अहिलेपनि महिलाहरुले आर्थिक तथा समाजिक रुपमा पीडा भोगीरहेको धारणा राखिन् ।
नर्सहरुमाथि रहेका नीति तथा नियमहरु परिवर्तन हुन आवश्यक रहको बताउँदै उनले अहिले देशभर ८५ हजार नर्सहरु अनशन भन्दापनि ठूलो पीडामा रहेको जानकारी गराइन् ।