१९ कार्तिक २०८३, बिहिबार

भूकम्पले क्षति गरेको घोर्मु प्राविको नयाँ भवन बन्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ७ जेठ ।  भूकम्पले पूर्ण क्षति गरेको घोर्मु प्राविको भवन निर्माण गरिएको छ । भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको विद्यालयको नयाँ भवन बनेको हो ।

जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरे । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो ।

१ करोडको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेलले बताए ।  भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको छ । यो विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् ।