
प्युठान, ७ जेठ । प्रतिनिधी सभामा खेताला उम्मेदवार जनताको प्रतिनिधी हुँदा प्युठान विकास निर्माणमा पछाडि परेको नेकपाका केन्द्रिय सदस्य सूर्य थापाले अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जालमा विचार लेख्दै नेता थापाले भनेका छन्, ‘पार्टी नेतृत्व र नेताहरुले सँधै मसालको लागि छाड्ने गरेको विडम्वना भोगिरहेका छौँ । हाम्रो भोटले उनीहरुले चुनाव जितेको भोलिपल्टदेखि बिर्सेर खोलो त¥यो, लौरो बिस्र्यो जस्तो गर्दै आएको अवस्था छ ।’
नेकपाका जिल्ला नेता हुकुमबहादुर खड्काले निकै घतलाग्दाे र तीतो अनुभूति राखेको भन्दै उनले राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसक्ने नेकपा मसालका प्रतिनिधीहरुकै कारण विकास निर्माणमा प्युठान अझ पछाडि धकेलिएको उल्लेख गरेका छन् ।
कुनैबेला प्युठानको ढुंगोमाटो समेत मसाल भएकोप्रति व्यंग्य गर्दै उनले ‘हाँसको चाल न कुखुराको चाल’जस्तो मसालको राजनीति देखेर सबैले छाडेको उल्लेख गरेका छन् । ०५१, ०५६ र ०७४ सालको निर्वाचनमा गलत ठहर गरी छाडेर हिँडेको मसालको गिलास चिन्हमा ‘कथित’ तालमेलको नाममा कार्यकर्ताले भोट हाल्न बाध्य भएको उनको टिप्पणी छ ।
तर, मसालसँगको तालमेलले गर्दा जिल्लाको समग्र विकास निर्माण पछाडि परिरहेको उनको ठहर छ । चुनाव जितेर गएका मसालका प्रतिनिधीले जनताको पीडा, गुनासा सुन्न गाउँ नफर्केको समेत उनले बताए । २०७४ सालको निर्वाचनमा देशभर ६२ हजार मतमा खुम्चिएको राष्ट्रिय जनमोर्चासँग प्युठानमा नेकपा जस्तो विशाल पार्टीले दिनानुदिन प्रतिस्पर्धा गर्नु दुःखद् पक्ष रहेको उनले टिप्पणी गरेका छन् ।
थापाले आगामी दिनमा आफ्नै शक्तिमा उभिएर प्रतिस्पर्धा गर्नका लागि अग्रसर हुन समेत आफ्ना नेता, कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । उनले राजमोको लागि यो नै अन्तिम मौका भएको बताएका छन् ।
थापाले भनेका छन्, ‘राजमोको लागि यसपालीको तालमेल राजनीति थिएन्, प्राविधिक हिसाबले मात्र स्वीकार्य र मान्य थियो ।’ अर्को स्थानीय निर्वाचनपछि प्युठानमा राजमो÷मसाल खोज्न दिउँसै टर्चलाइट बाल्नुपर्ने स्थिति बनिसक्ने निश्चित नै भएको उनको दावी छ ।
राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा मसालका प्रतिनिधीले केही गर्ने हैसियत नराख्ने समेत थापाले प्रष्ट पारे । थापाले व्यंग्य गर्दै प्रष्टाएका छन्, ‘कोही छाती पिटिपिटी रोइकराई गरेपनि मसालको धरातलीय यथार्थ यही नै हो ।’
प्युठानको दुई स्थानीय तहमा सिमित राजमो एमाले माओवादी एकीकरणपछि जनमतको अल्पमतमा परेको बताए । झिमरुक गाउँपालिकामा पूर्वएमाले र माओवादीको मत मिसाउदा ५ हजार १ सय र राजमोको ३ हजार ७ सय मात्र मत हुन्छ ।












प्रतिक्रिया