
काठमाडौं, ६ जेठ । प्रहरीले श्रोत नखुलेको नेपाली रुपैयाँ २९ लाख ९८ हजार सहित एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सर्लाही मलगंवा नगरपालिका-१० बस्ने २८ वर्षीय रविन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख १८०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा ल्याएको श्रोत खुलाउन नसकेको नेपाली रुपैयाँसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका रविन्द्रलाई बरामद भएको श्रोत नखुलेको नेपाली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि सम्पत्ती शुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया