१९ कार्तिक २०८३, बिहिबार

पर्वतमा घरभित्र बनाउँदै गरेको बम पड्कियो, दुई युवा घाइते

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ६ जेठ । पर्वत जिल्लाको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् ।

आइतबार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरूले आफ्नै घरमा बम बनाइरहेका थिए ।

विस्फोटमा परी गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते दुबै युवाको प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।