१९ कार्तिक २०८३, बिहिबार

साहित्यकार लम्साल, बिनोदी र सोति नवलपुरमा सम्मानित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे 

कावासोती, ४ जेठ । नवलपुरको कावासोतिमा शनिबार भएको गण्डकी प्रदेश स्तरीय गण्डक काव्यधारा कार्यक्रममा ३ स्रस्टा सम्मानित भएका छन् ।

मध्यबिन्दु प्रज्ञा प्रतिष्ठान, लुम्बिनी वाङ्गमय प्रतिष्ठान र साधना सङ्गम नवलपुरको सयुक्त आयोजना एवं कावासोती नगरपालिकाको सहयोगमा भएको गण्डक काव्यधारामा साहित्यकार डा. नवराज लम्साल, गोबिन्द राज बिनोदी र दिपक सोतिलाई सम्मान गरिएको हो ।

लम्साल र बिनोदीलाई मध्यबिन्दु स्वर्णपदक एवं नगद र सोती १५ हजार नगदसहित सम्मान गरिएको मध्यबिन्दु प्रज्ञा प्रतिस्ठानका अध्यक्ष एवं साहित्यकार जीवन सापकोटा युगिनले जानकारी दिए ।

धरा महाकाव्यका लागि लम्साल र कैकेयी महाकाव्यका लागि बिनोदीलाई विशेष साहित्यिक सम्मानसहित मध्यविन्दु स्वर्णपदक र समालोचक शोक काव्यका लागि कवि सोतिलाई नगदसहित विशेष सम्मान गरिएको अध्यक्ष सापकोटाले बताए ।

सम्मानित भएपछि छोटो मन्तब्य राख्दै डा. लम्सालले साहित्य क्षेत्रलाई राज्यले चासो दिन थालेको भन्दै खुशी व्यक्त गरे । उनले स्थानीय सरकारले साहित्यकारहरुलाई एकठाउँमा जमघट गराउन महत्वपूर्ण सहयोग गरेको भन्दै कावासोती नगरपालिकालाई बिशेष धन्यवाद दिए ।

गण्डक काव्यधारा कार्यक्रममा गण्डकी प्रदेशका मनाङ बाहेक सबै १० जिल्लाका २० जनासहित चितवन, रुपन्देही र पश्चिम नवलपरासीका १ सय बढी साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै लुम्बिनी वाङमय प्रतिस्ठानका अध्यक्ष डा. धनपती कोइरालाले नवलपुरको कावासोतिमा पहिलो पटक आयोजना गरिएको गण्डक काव्यधारा साहित्यिक कार्यक्रमले गण्डकी प्रदेशको मात्र नभै देशकै ध्यान केन्द्रित गरेको दाबी गरे ।

कार्यक्रममा छ्न्देली युवा कवि सुदेश सत्यालसहितका साहित्यकारहरुको बिशेष साहित्यिक प्रस्तुतीमा उपस्थित सबैले थप मनोरञ्जन लिएका थिए । यसअघि बिहान भएको पहिलो चरणको काव्यधारामा झण्डै ४० जनाले ३ घण्टासम्म निरन्तर रचना वाचन गरेका थिए ।