१९ कार्तिक २०८३, बिहिबार

साहित्यमय बन्यो नवलपुर, १३ जिल्लाका स्रस्टाहरुको जमघट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, ४ जेठ । घडीले बिहानको साढे सात बजाईसकेको थियो । नवलपुरको सदरमुकाम कावासोती नगरपालिकाको सभाहलमा कुर्चीहरु भरिभराउ थिए ।

कुर्ची नपुगरेर कोही छेउ लागेर उभिए त कोही ढोका छेउबाट चिहाउदै जेठको यो गर्मीमा पनि कविताको आनन्द लिइरहेका थिए । अनि कुर्चीमा बसेका गण्डकी प्रदेशका १० जिल्ला, चितवन, पश्चिम नवलपरासी र रुपन्देहीका साहित्यकारहरु पनि रचनामा मन्त्रमुग्ध थिए ।

मध्यबिन्दु प्रज्ञा प्रतिस्ठान, लुम्बिनी वाङ्गमय प्रतिस्ठान र साधना सङ्गम नवलपुरको संयुक्त आयोजनामा शनिबार दुई चरणमा आयोजित गण्डक काव्यधारा कार्यक्रमले नवलपुर साहित्यमय बन्यो ।

रचनामा सामाजिक, राजनीतिक र सांस्कृतिक कुरिती र विसंगतिका विषयलाई कविहरुले कविताका माध्यमबाट तिखो व्यंग्य गरेका थिए । त्यतिमात्र हैन साहित्यकारहरुले झण्डै ३ घण्टा निरन्तर वाचन गरेका रचनाहरुले कतिबेला हललाई भाव्बिहल बनाएको थियो त कतिबेला तालिका फोहराहरुले हल गुन्जायमान बनेको थियो ।

खासगरी समयसापेक्ष राजनितिक अबस्थामाथिको व्यंग्य मात्र हैन दुई छाक हात मुख जोड्न नसकेर बिदेशिएकाहरु बाकसमा घर फर्किनु परेको पीडा कबितामार्फत प्रस्तुत गरिएको थियो ।

अनि, पहिलोपटक नवलपुरको कावासोतिमा आयोजना गरिएको गण्डक काव्यधारा २०७६ का प्रमुख अतिथि सरुभक्त, वरिष्ठ साहित्यकारहरु डा. नवराज लम्साल, गोबिन्दराज बिनोदी, दिपक सोति, सहित्यकार एवं गण्डकी प्रदेशसभा सदस्य बिष्णु लामिछाने, कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुनसहित झण्डै १ सय बढी साहित्यनुरागिहरु कवितामा मन्त्रमुग्ध देखिएका थिए ।

कार्यक्रमका सभाध्यक्ष एवं मध्यबिन्दु प्रज्ञा प्रतिस्ठानका अध्यक्ष जीवन सापकोटा युगिनले देशकै कान्छो जिल्लामा पहिलो पटक भएको कार्यक्रमले आगामी बर्षमा पनि निरन्तरता दिन थप हौसला मिलेको बताए ।

उनले वरिष्ठ साहित्यकारहरुको उपस्थितले नवलपुर पनि साहित्यको उर्वरभूमी रहेछ भन्ने सन्देश देशभर दिन सकिएको बताए । पहिलो चरणको निरन्तर रचना वाचन कार्यक्रममा झण्डै ४० जना सर्जकहरुले रचना वाचन गरेका थिए ।