
काठमाडाैँ, ३ जेठ । डोल्पाको दुर्गम गाउँमा सडक निर्माणका क्रममा माथिबाट पहिरो आउँदा दुई जना मजदुर गम्भीर घाइते भएका छन् ।
फोक्सुण्डोमा सडक निर्माणको क्रममा पहिरो आउँदा वीरमान सार्की र चक्रबहादुर देबकोटा गम्भीर घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।
दुर्घटनाको खबरलगत्तै पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा नेपाली सेनाको हेलिकोप्टर पठाएर घाइतेहरुको उद्दार गरिएको छ ।
हेलिकोप्टरबाट उद्दार गरेर दुबै घाइतेलाइ नेपालगञ्ज पुर्याइएको प्रभाकरका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिए ।












प्रतिक्रिया